सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० साउन ३० गते मंगलवारको राशिफल

२०८० साउन ३० गते मंगलवार, १५ अगस्ट २०२३ । अधिक श्रावण कृष्णपक्ष चतुर्दशी तिथि, १२ः०४ बजेपछि औंसी । तिष्य नक्षत्र, १४ः३३ बजेपछि अश्लेषा । चन्द्रराशि कर्कट ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

भौतिक साधन जुट्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ । तर हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । लगनशीलताले दिगो फाइदा दिलाउन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । व्यवसायमा मनग्य धनलाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ । पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउनलान् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

समय फुर्सदिलो रहनाले भेटघाटको अवसर प्राप्त हुनेछ । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । काममा साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला । अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ । खर्च लागे पनि प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

दैनिक काममा उल्लेख्य फाइदा हुनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । तर काममा अनुमानभन्दा बढी लगानी लाग्नेछ । लाभांश अरूका लागि खर्चनुपर्ला । सरसापटमा रकम बाहिरिन सक्छ । उधारो व्यापारले रकम अड्किन सक्छ । किनमेलमा पनि अधिक खर्च हुन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मिहिनेतले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ । बाध्यात्मक परिस्थितिले अलमल्याए पनि समय त्यति प्रतिकूल भने छैन । शुभचिन्तकहरूले साथ दिने हुँदा पहिलेको चुनौती समाप्त हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ । कामको चाप बढ्ने समय छ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । धेरै फाइदा नभए पनि मिहिनेत गर्दा आंशिक लाभ उठाउन भने सफल भइनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

केही खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ । व्यवसायको सन्दर्भमा पनि रमाइलो यात्रा हुनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । विवादास्पद काममा लामो समय अलमल हुन सक्छ । किनमेलमा रकम खर्चनुपर्ला । आतिथ्य खर्चिलो बन्नेछ । र, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न बाधा पर्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अवसर आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ । हल्लाको पछि लाग्दा अलमल हुनेछ । तापनि लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ । अध्ययनमा अलमल हुनेछ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलवार ०९:२३