पाकिस्तानी सरकारको आलोचना गरेको भन्दै सञ्चारकर्मीमाथि प्रतिबन्ध लगाइएको छ । पाकिस्तानी सेनाको आलोचना गरेको आरोपमा सरकारले ११ जना पाकिस्तानी सञ्चारकर्मीमाथि प्रतिबन्ध लगाइएको हो ।
समाचार अनुसार पाकिस्तानको इलेक्ट्रोनिक मिडिया वाचडगले सेना र यसअघिको शेहबाज शरीफ नेतृत्वको सरकारको आलोचना गरेको आरोप लागेका र अदालतबाट अपराधी वा अपराधी घोषित भएका पत्रकारसहित ११ जनालाई टेलिभिजन च्यानलहरूमा ठाउँ दिन प्रतिबन्ध लगाइएको हो ।
पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले सिन्ध हाई कोर्टको एक आदेशलाई उद्धृत गर्दै ती पत्रकारलाई टेलिभिजनमा देखाउन नपाइने जनाइएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं