सूचनाको शक्ति - The Power Of Information

        

सामान्य प्रशासन मन्त्रालयमा जनमतको दाबी

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा रहेको जनमत पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दाबी गरेको छ ।

जनमत पाटीबाट आजै एक जनालाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

जनमतले अनितादेवी साहलाई मन्त्री बनाउन यसअघि नै सिफारिस गरेको छ । तर अहिले सरकारमा जनमतलाई सहभागी गराउन माओवादीका एक मन्त्रीलाई राजीनामा गराउनुपर्ने हुन्छ ।

तर, अहिलेसम्म कुन मन्त्री हटाइने भन्ने टुंगो भएको छैन । आजै मन्त्रीपरिषद हेरफेर गर्ने र नष्याँ मन्त्री नियुक्त गर्ने तयारी रहेको भएपनि शुक्रबार चितवन पुगेका प्रधानमन्त्री प्रचण्ड वर्षाका कारण उडान हुन नसक्दा चितवनमै रोकिएका छन् ।

प्रधानमन्त्री चितवनबाट फर्किएपछि मात्र कुन मनत्रीलाई फिर्ता बोलाउने र जनकतलाई कुन मन्त्रालय दिने भन्ने टुङ्गो लाग्ने एक नेताले बताए । हाल जनमत पार्टीले दावी गरेको संघीय मामिला मन्त्रालयमा माओवादीका सांसद अमनलाल मोदी मन्त्री छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतवार १४:०४