सूचनाको शक्ति - The Power Of Information

        

प्रकाशनको तयारीमा कक्षा १२ को नतिजा

फाइल तस्वीर

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको छ ।

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार अब प्राविधिक टिमसँग छलफल गरेर नतिजा प्रकाशनबारे निर्णय गरिनेछ । ‘शैक्षिक क्यालेण्डरमा यो महिनाको अन्तिमभित्रमा नतिजा प्रकाशन गर्ने भन्ने पनि छ,’ उनले भने, ‘त्यही भएर यो महिनाभरमा निकाल्छौं ।’

बोर्डका अध्यक्ष शर्माका अनुसार गत वैशाख २६ देखि जेठ ५ गतेसम्म लिइएको परीक्षामा ४ लाख ६७ हजार ३८९ जनाले परीक्षा दिएका थिए । जसमा ५६ हजार विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी भएका हुन् ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतवार १३:१४