सभामुुख महोदय,
मेरो यो एकपन्नाको पत्र
तपाइँको नवगठित संसदको
शूून्य समयमा
पढेर सुुनाइदिनुु होला एकपटक
मेरो सन्चो बिसन्चोको
कुुनै रुप छैन यतिबेला
ज्वरोले थलिएको छुु बेस्सरी
सिटामोल रहेनछ
पानीपट्टी बाँधेर बसेको छुु
मेरो आकार पनि छैन
मेरो कुुनै समाचार पनि छैन
मेरो मौलिक लय पनि देखिन
तथापि आफ्नै अन्तरलयमा
समयको भाश्वरताका लागि
तपाइँको घुुम्ने कुुर्चीमार्फत
भनिरहेछुु अन्तिम पटक
मसँग बाँकी छन् केही थान
आला घाउहरुको दस्तावेज
र रामनामी ओडेर पुुनर्जीवन
खोजिरहेको प्रेतात्माको दिइरहेछुु
अर्को एउटा खतरनाक सूूचना
आजको दिनबाट
पचास, साठी, सत्तरी बर्षदेखि
मैले देखेको थिएँ
एउटा खतरनाक सपना
जुुन सपनाले लखेटेर
मैले खोजिरहेको थिएँ
समानान्तर आकाशमूनि
समानान्तर विचारको मैदान
सभामुुख महोदय
ज्तिबेला मैले
ग्यालरी बैठकको उत्तरी ढोकाबाट
बजाएको थिएँ
वंशवादविरुद्ध तिखो कर्नलध्वनि
वंशीय तावेदारीको संसदमा
समातिएको थियो, मेरो कठालो
त्यतिबेला मैले
पुुछिरहेको थिएँ
वर्तमान माननीय सदस्यहरुको सिंगान
र पढाइरहेको थिएँ
आगतको रातो बर्णमाला
सभामुुख महोदय
हो, तपाइँ पनि हुुनुुहुुन्थ्यो
मेरै कक्षाको प्रेक्षालयमा
भयानक आवेगको मुुखाकृतिमा
हुुनुहुुन्थ्यो तपाइँ
कालान्तरमा रक्तरञ्जित भए
तपाइँका दुुबै हातका औंलाहरु
र अहिले म देखिरहेछुु
तपाइँका साथीहरुको
चिहानमाथि उभिएको छ भ्युुटावर
मैले वर्तमानको लागि
उतिबेला नै देखेको वहिर्मुुखी सपना
जुुनबेला फुुलेको थियो मेरो देशमा
त्यतिबेला
मलाई नै उभ्याइयो
आयातित विचारको
बैसाखी भिराएर कठघरामा
र हानियो नियोजितरुपमा थप्पड
यतिबेला सपनाको चीरहरण भए पनि
धुुक्धुुकीमा बाँचिरहेको
मेरो स्थुुल सत्यमाथि
कसले गरिरहेछ
सत्ताको सौदावाजी
र प्रतिव्युुत्पन्नताको रचना
सभामुुख महोदय,
वस्त्रहीन हुुँदै गएको
संसदीय खलियानमा
किन खेलिदैछ
अगणितीय गणितको खेल
सभामुुख महोदय,
कसले थुुतुुनो गाढेर चुुसिरहेछ
मेरो नली हाडभित्रको सेतो मासी ?
रेशम विरही । बरिष्ठ पत्रकार तथा साहित्यकार