सूचनाको शक्ति - The Power Of Information

        

गर्भपतन गराउने औषधिले गर्भवतीको ज्यान गएपछि…

धनगढीमा गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तश्राव भएर एक महिलाको मृत्यु भएको छ । धनगढीको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको बिहीबार मृत्यु भएको हो ।

थापाले बिहीबार बिहान मेरी स्टोप सामुदायिक क्लिनिकबाट किनेर गर्भपतन गराउने औषधि खाएकी थिइन् । औषधिले रक्तश्राव भएपछि उनलाई सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमै मृत्यु भएको हो ।

क्लिनिकले जथाभावी औषधि दिएपछि महिलाको मृत्यु भएको आरोप मृतकका आफन्तले लगाएका छन् । घटनापछि फरार भएका क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ बस्ने २५ वर्षीय विनोद जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार ०८:३१