सूचनाको शक्ति - The Power Of Information

        

रूसले झण्डै ५० वर्षपछि पठायो चन्द्रमामा रकेट

रूसले झण्डै ५० वर्षपछि चन्द्रमामा रकेट पठाएको छ ।

रूसले शुक्रबार बिहानै लुना–२५ रकेट चन्द्रमातर्फ प्रक्षेपण गरेको हो ।

४७ वर्षपछि रूसले बोस्तोनी कस्मोड्रोमबाट रकेट प्रक्षेपण गरेको हो । यो रकेटले पाँच दिनसम्म सीधा उडान भर्नेछ ।

त्यसपछि ७ देखि १० दिन चन्द्रमाको आसपासमा चक्कर लगाउने बताइएको छ । संभवत यही अगष्ट २२ तारिख भित्र लुना–२५ चन्द्रमाको सतहमा अवतरण गर्ने छ ।

भारतले एक महिना अघि पठाएको चन्द्रयान–३ भन्दा रूसी रकेट छिटो चन्द्रमाको सतहमा अवतरण गर्नसक्ने बताइएको छ ।

भारतले पठाएको चन्द्रयान–३ अगष्ट २३ मा चन्द्रमाको दक्षिणी भागमा अवतरण गराउने योजना रहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार ०८:०७