सूचनाको शक्ति - The Power Of Information

        

मङ्गलवारदेखि अवरुद्ध भएको श्रम स्वीकृति सेवा सुरु

 मङ्गलवारदेखि अवरुद्ध भएको श्रम स्वीकृति सेवा अब लिन सकिने भएको छ ।

अवरुद्ध भएको वैदेशिक रोजगार विभागको फेमिस प्रणाली पुनः सञ्चालनमा आएसँगै श्रम स्वीकृतिको काम पनि सुरु भएको विभागले जनाएको छ ।

फेमिस प्रणालीको फाइल सर्भर सार्नका लागि गएको मङ्गलवारदेखि सिस्टममा फाइल अपलोड सेवा बन्द गरिएको थियो । तर आज बिहीबारदेखि यो समस्या समाधान भएको सूचना विभागले जारी गरेको छ ।

तर सिस्टममा आएको समस्याको कारण श्रम स्वीकृति दिने काममा क्यूमा रहेको भन्दै श्रम स्वीकृति प्राप्त नहुँदासम्म टिकट नकाट्न विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १८:४५