क्षमता मार्कसिटमा मात्र सीमित हुँदैन । कलेजमा लिइएको शिक्षा जवसम्म व्यवहारमा उतार्न सकिँदैन त्यो शिक्षाले पूर्णता पाउँदैन । यही कुरालाई मध्यनजर गर्दै बि.सं.२०६६ सालमा स्थापना भएको ‘कलेज अफ म्यानेजमेन्ट’मा व्यवस्थापन संकायतर्फ बिबिएस अध्यापन हुने गरेको छ ।
विद्यार्थीले पाएको शिक्षा व्यवहारमा उतार्न सकुन्, त्यही अनुसारको रोजगारी पाउन् भन्ने उद्देश्यले कलेजको स्थापना भएको हो । क्याम्पस प्रमुख महिला भएकै कारणले क्याम्पसको वातावरण मातृत्वमैत्री छ । क्याम्पसमा विद्यार्थीको अनुशासन र शिक्षण सिकाईमा ‘अब्बल’ कलेज हो, ‘कलेज अफ म्यानेजमेन्ट’ ।
उत्कृष्ट अभ्यास र रणनीति पालनाका लागि अब्बल ‘कलेज अफ म्यानेजमेन्ट’ नेपालगन्जको बिपी चौक नजिकै रहेको छ । उत्कृष्ट अभ्यास र रणनीतिको पालनाका लागि अब्बल दर्जाको कलेज मानिन्छ । लामो अनुभव प्राप्त गरेका अध्यापकहरुको साथ सहयोग रहेको ‘कलेज अफ म्यानेजमेन्ट’ विद्यार्थीहरुको रोजाईमा सधैं अग्रस्थानमा रहने गरेको छ ।
यो कलेज विद्यार्थीहरूको सिकाइ अनुभव बढाउन समर्पित संस्था हो । यस कलेजमा विद्यार्थीलाई एक्सपोजर, व्यवसायिकताका साथ विश्लेषणात्मक, आलोचनात्मक र चिन्तनशील सोच कौशल प्रदर्शनका लागि सधैं हौसला दिने दिइन्छ । कलेजले विभिन्न चुनौती र अवसरलाई सम्बोधन गर्दै बजारमा विद्यार्थीको क्यारियर सुनिश्चित गर्न हरसम्भव प्रयास गरिरहेको छ ।
अध्ययनमैत्री वातावरण भएको ‘कलेज अफ म्यानेजमेन्ट’ले हरेक विद्यार्थी र अभिभावकको सुझावलाई आत्मसाथ गर्दै अघि बढिरहेको कलेज प्रमुख मुना हमाल बताउँछिन् । उत्कृष्ट नतिजासहित पास हुने मात्र हैन विद्यार्थीको चाहाना अनुसार अध्यापन गराउने यस कलेजले अब्बल दर्जाको शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाका रुपमा आफूलाई उभ्याउन सफल छ ।
विद्यार्थीले अध्ययन पश्चात आफूलाई सम्बन्धीत क्षेत्रमा स्थापित गराउन कलेज उत्कृष्ट गन्तव्य बन्न सक्ने छ । स्थापनाकालमै विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइमा परेको ‘कलेज अफ म्यानेजमेन्ट’ अनुभवी प्राज्ञिक व्यक्तिहरूको समूहबाट कलेज सञ्चालन हुँदै आएको छ । कलेजले विद्यार्थीको नेतृत्व क्षमता विकासका विशेष ध्यान दिँदै आएको छ ।
‘नेपाली शिक्षालाई विश्वस्तरीय बनाउन आधुनिक शिक्षण विधि प्रयोग गरेका छौँ,’ क्याम्पस कलेज प्रमुख मुना भन्छिन्, ‘मोडेल, चार्ट, ओभरहेड प्रोजेक्टर तथा मल्टिमिडियाजस्ता सामाग्रीबाट विद्यार्थीलाई सरल ढंगबाट बुझाउँछौँ ।’ मापदण्ड अनुसारका प्रयोगशाला र सुविधा सम्पन्न वातावरण यस कलेजमा पाइन्छ ।
उच्च शैक्षिक वातावरण रहेको र विद्यार्थीलाई ‘करिअर डेभलपमेन्ट अपरचुनिटी’को प्रचुर सम्भावना रहेको कलेज प्रमुख मुना बताउँछिन् । उनी भन्छिन्, ‘दक्ष, अनुभवी र सधैं माया र हौसला दिने प्राध्यापकहरु रहनु पनि यो कलेजको सफलता हो ।’ कलेजले अतिरिक्त क्रियाकलापका साथै विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिएको छ ।
अध्ययनमैत्री वातावरण बनाउन सफल यो संस्थाले प्रविधिमैत्री शिक्षा, नियमित आन्तरिक परीक्षा प्रणाली, आवश्यकता अनुसार अतिरिक्त कक्षा, प्रोजेक्ट वर्क बेस लगायतका गतिविधि सञ्चालन गर्दै आएको छ । विद्यार्थीलाई मर्यादित र अनुशासित बनाउन नोट लेखाएर÷दिएर होइन, नोट तयार पार्न लगाउनुपर्छ भन्ने कलेजको मान्यता छ ।
यस कलेजमा पाठ्यक्रमलाई गाइडलाइन मानेर विद्यार्थीको सर्वाङ्गीण विकासलाई महत्व दिइन्छ । अंक मात्र खोज्ने अभिभावकको बुझाइलाई परिवर्तन गर्न कलेज सधैंव लागिपरेको कलेज प्रमुख मुनाको भनाई छ । उनी भन्छिन्, ‘पाठ्यक्रमलाई सिकाउने एउटा आधार मानेर विद्यार्थीको बृहत्तर विकासलाई हामी ध्यान दिन्छौं ।’
क्याम्पस प्रमूखका रुपमा जिम्मेवारी लिँदै गर्दा आएका चुनौतिहरुलाई ‘फेस’ गर्दै अघि बढिरहेको उनले बताइन् । मुना भन्छिन्, ‘कलेजको शैक्षिक, सामाजिक, आर्थिक गतिविधिलाई गुणस्तरीय बनाउनु मेरो प्रमुख उद्देश्य हो । हाम्रो कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई पढ्ने मात्र हैन, आफ्नो जीवनलाई कसरी ब्यवस्थापन गर्ने भन्ने कुरा पनि सिकाउँदै आएका छौं ।’
पछिल्लो समयमा कक्षा १२ को पढाईपछि थुप्रै विद्यार्थीको आकर्षण वैदेशिक यात्रा रहेकोले पाइन्छ । यसले अध्ययनका नाममा दक्ष बन्दै गरेको जनशक्ति विदेश पलायन भइरहेका छन् । अध्ययनका लागि छोराछोरीहरु विदेश पलायन हुँदा घरमा बुवाआमा साहाराविहीन हुनुपर्ने अवस्था छ । अध्ययनका लागि विदेश गएकाहरु उतैतिर घरजम गरेर बस्छन् ।
यसले नेपालका लागि दक्ष जनशक्ति गुमिरहेको हुन्छ भने अध्ययनका लागि विदेश गएका छोराछोरी नर्फिकिँदा बुढेसकालमा बुवाआमाले एक्लो महसुस गर्नुपर्छ । यही अवस्थालाई मध्यनजर गर्दै ‘कलेज अफ म्यानेजमेन्ट’ले अन्तर्राष्ट्रिय मापदण्डको शिक्षण सिकाईलाई पछ्याउँदै अध्ययन गराइरहेको बताउँछिन्, कलेज प्रमूख मुना ।
उनी भन्छिन्, ‘उच्च शिक्षाका नाममा विदेशिनु समग्र देशकै चिन्ता, चासो र चुनौतिको विषय बनेको छ । हामीले विदेशमा जस्तै शिक्षा यही दिन सकिन्छ भन्ने विश्वासका साथ अन्तर्राष्ट्रिय मापदण्डको शिक्षण सिकाईलाई अबलम्बन गरेका छौं । उच्च शिक्षा हाँसिल गर्नकै लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न हामी निरन्तर लागिपरेका छौं ।’
पछिल्ल्लो समय विद्यार्थीको बैदेशिक यात्रा तय गर्ने माहोल एकदम धेरै रहेकाले यसलाई अभिभावकले गम्भीरताका साथ लिनुपर्ने उनको भनाई छ । उनी भन्छिन्, ‘हामीले स्वदेशमै विदेशकै स्तरमा अध्यापन गराउन प्रयास गरिरहेका छौं । यद्यपी सबै युवा विदेश जाँदा हरेक बुवाआमाले दुख पाउनुपर्ने हुन्छ । त्यसैले यसतर्फ अभिभावक पनि सचेत हुन जरुरी छ ।’
अनि सम्पूर्ण कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थी भाईबहिनीलाई सफलताको शुभकामना दिँदै कलेज प्रमूख मुनाले बिबिएस अध्ययनका लागि एकमात्र उपयुक्त बिकल्प र उत्कृष्ट अभ्यास तथा शिक्षण सिकाईको थलो ‘कलेज अफ म्यानेजमेन्ट’ रहेको दावी गरिन् । ‘बिबिएस अध्ययनको एक मात्र विकल्प ‘कलेज अफ म्यानेजमेन्ट’ नै हो,’ उनले भनिन् ।
जीवन पद्धति, नैतिकता, जीवन जिउने कला सिकाउँदै व्यवहारिक र प्रयोगात्मक कक्षा लिने थलो हो, ‘कलेज अफ म्यानेजमेन्ट’ । यस कलेजले अतिरिक्त क्रियाकलापबाट विद्यार्थीलाई पढाइमा आकर्षित गर्दै पाठ्यक्रमलाई सुरुचिपूर्ण रूपमा प्रस्तुत गर्दछ भने सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिएर अभिभावक र विद्यार्थीको मन जितेको सञ्चालकहरुको दावी छ ।
किन रोज्ने ‘कलेज अफ म्यानेजमेन्ट’ ?
– सिकाइ र ज्ञानको गतिशील वातावरण भएको कलेज ।
– विद्यार्थीका समस्या समाधान र उपयुक्त सुझावका लागि सधैं तयार रहने कलेज ।
– विद्यार्थीलाई उत्कृष्ट शिक्षण विधिबाट अध्यापन गराउन आवश्यकताअनुसार तालिमको व्यवस्थापन भएको कलेज ।
– नवीनता, सीपमा आधारित ज्ञान एक्सपोजर र क्यारियर निर्माणका लागि सिकाइको अनुकूल वातावरण प्रदान गर्ने कलेज ।
– उत्कृष्ट पूर्वाधार भएको कलेज ।
सत्यपाटी संवाददाता । बाँके