सूचनाको शक्ति - The Power Of Information

        

त्रिविले स्नातक तह प्रथम वर्षको भर्ना खोल्यो

त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ । त्रिविले कक्षा १२ को नतिजा नआउँदै शैक्षिक वर्ष ०८०–०८१ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको हो ।

मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणाली अनुसार नयाँ भर्ना खोलिएको जारी सूचनामा उल्लेख छ । साउन २८ देखि भाद्र मसान्तसम्म आवेदन दिन सकिने त्रिविले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १०:१०