सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्र प्रहरीका ८२ जना वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस

सशस्त्र प्रहरी बल, नेपालले आफ्ना ८२ जना वरिष्ठ हवल्दारहरुलाई सहायक निरीक्षक (असई) मा बढुवाका लागि सिफरीस गरेको छ ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ङ) बमोजिम बढुवा समितिको बुधबार राती बसेको बढुवा समितिले उनीहरुलाई बढुवा सिफारीस गरेको हो ।

समितिले बढुवा सिफारीस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ हवल्दारहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भए वमोजिम सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने जनाएको छ ।

हेरौं बढुवा सिफारीस भएका वरिष्ठ हवल्दारहरुको सूची :

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार ०९:०४