सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षा

पश्चिम नेपालमा बुधबार रातीदेखि भारी वर्षा भइरहेको छ । नवपरासीदेखि पश्चिम कञ्चनपुरसम्मै भारी वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेलधुरामा बुधबार राती भारी मात्रामा वर्षा भएको विभागले जनाएको छ । वुद्ध जन्मस्थल लुम्बिनी आसपासमा पछिल्लो २४ घण्टामा १४२ दशमलव ६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

त्यस्तै कञ्चनपुरको बेलौरीमा १२६.४ मिलिमिटर, सुन्दरपुरमा १०९.२ मिलिमिटर, कपिलवस्तुको तौलिहवामा ८६.८ मिलिमिटर, नवलपुरको दुम्कौलीमा ६४.२ मिलिमिटर र धनगढी विमानस्थलमा ५४.६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

लुम्विनी र कैलालीको सुन्दरपुरमा अति भारी वर्षा भएको र क्षेत्रका होचा स्थानमा डुबान हुन सक्ने देखिएको भन्दै विभागले उच्च सतर्कता अपनाइराख्न आग्रह गरेको छ । बुधबार राती सूचना जारी गर्दै विभागले कञ्चनपुरका सुहेली, चौधर लगायत साना खहरे खोलाहरुमा एक्कासी बाढीको जोखिम देखिएको जनाएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार ०८:५१