सूचनाको शक्ति - The Power Of Information

        

गौरव र नम्रताको ‘नम्बरी सुन’ अब माघमा

फिल्म ‘नम्बरी सुन’को प्रदर्शन मिति पोस्ट्पोन्ड गरिएको छ ।

निर्माण टिमले यस अघि भदौ १ गते प्रदर्शन मिति तोकिएको फिल्मलाई अब आगामी माघ १९ गते रिलिज गर्ने भएका हुन् । फिल्मलाई  राजु गिरिले निर्देशन गरेक छन ।

शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको फिल्मको निर्माता सरोज खाती, सविन खाती र मनोज रिजाल हुन् ।फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, किरण नेपाली, बुद्धि तामाङ, राजाराम पौडेल, राजेन्द्र खड्गी, विनोद न्यौपाने, सविन बास्तोला, गीता अधिकारी लगायतको अभिनय छ ।

हलमा रिलिजअघि देशका विभिन्न ठाउँमा फिल्मको विशेष शो आयोजना गरिँदै छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार १७:५३