सूचनाको शक्ति - The Power Of Information

        

प्रजातान्त्रिक समुह मतदाताहरुसँग भेटघाटमा व्यस्त

न्यूरोडका मतदाताहरुसँग नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका उम्मेदवारहरुले भेटघाटलाई तिब्रता दिएका छन् ।

प्रजातान्त्रिक समूहले बुधवार न्यूरोडका मतदाताहरुमाझ पुग्दै आफूलाई नेतृत्व गर्ने अवसर दिन आग्रह गरेको छ ।

अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियारको नेतृत्वमा पुगेको उम्मेदवारहरुले मतदाताहरुसँग भेट्दै आफ्ना कुराहरु राखेको थियो । भेटघाटमा मतदाताहरुले प्रजातान्त्रिक समूहमाथि आशा राखेको दर्शाएका छन् ।

मतदाता सबैको सहभागिता, सबैको आवश्यकता र सबैलाई समान व्यवहार गर्न सक्ने नेतृत्व प्रजातान्त्रिक समूहका उम्मेदवार रहेको भन्दै आफूहरुको साथ सहयोग रहने जनाएका थिए ।

भेटघाटमा उद्योग तर्फका उम्मेदवार मो. सफिक बेहनाले सबैको सहभागिता रहेको र सबै अट्न सक्ने आफूहरुको समूहलाई जिताउनसमेत अनुरोध गरेका थिए । अध्यक्ष पदका उम्मेदवार रौनियारले मतदाताहरुमा आफनो समूहलाई मन पराइरहेको देखिएको बताए ।

उद्योग वाणिज्य संघको यही भदौ २ गते नयाँ नेतृत्वका लागि निर्वाचन तय गरिएको छ । यस क्रममा नयाँ नेतृत्वका लागि प्रजातान्त्रिक समूहले मतदाताहरुसंगको भेटघाटलाई तिब्र बनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार १७:४१