सूचनाको शक्ति - The Power Of Information

        

शिव उपासनाले साधकलाई मनमोहक फल !

साउन महिना देवताका देवता महादेवप्रति समर्पित छ । यो महिना भगवान् शिव र माता पार्वतीको पूजा गरिन्छ । ज्योतिषहरुका अनुसार अतिरिक्त महिनाका कारण यो वर्षको साउन ५९ दिनको छ ।

त्यसैले भक्तहरूले आफ्ना आराध्य भगवान शिवको आराधना गर्न दुई महिना पाएका छन् । फलफूल, फूल र जल चढाएर मात्र भगवान शिव प्रसन्न हुने धार्मिक विश्वास छ ।

त्यसैले भक्तहरूले सकेसम्म शक्ति र भक्तिका साथ भगवान शिवको पूजा गर्छन् । यसबाट भगवान शिव प्रसन्न हुन्छन् । उनको कृपाले साधकलाई मनमोहक फल मिल्छ ।

साउन महिनामा भगवान शिवलाई प्रसन्न तुल्याउन विशेष उपाय पनि गरिन्छ । यदि तपाईं पनि भगवान् शिवको कृपा प्राप्त गर्न चाहनुहुन्छ भने साउन महिनामा अवश्य अपनाउनुहोस् यी उपाय,

धन प्राप्तिका लागि – आम्दानी बढाउन चाहनुहुन्छ भने साउने सोमवारका दिन भगवान महादेव र देवी पार्वतीलाई केसर मिसाइएको खीर चढाउन सकिन्छ । यसबाट भगवान शिव प्रसन्न हुन्छन् । उनको कृपाले आम्दानी र सौभाग्य बढ्छ ।

स्वस्थ रहन – मानसिक तनावबाट मुक्ति पाउन चाहनुहुन्छ भने साउन महिनामा दैनिक स्नान र ध्यान गरेपछि जलमा कालो तिल र गंगाजल मिसाएर भगवान् शिवको अभिषेक गर्नुपर्छ । यो उपाय अपनाउँदा मानसिक पीडाबाट समेत मुक्ति मिल्छ ।

दाम्पत्य जीवन बलियो बनाउन – यदि श्रीमान् श्रीमतीको सम्बन्ध मधुर छैन भने साउनको सबै सोमबार भगवान् शिव र माता पार्वतीको पञ्चामृतले अभिषेक गर्नुपर्छ । यस्तो अभिषेक पति र पत्नीले मिलेर गर्नुपर्छ । जसले गर्दा श्रीमान् श्रीमतीको सम्बन्ध मधुर हुन्छ ।

रोजगारिका लागि – यदि आफ्नो इच्छा अनुसार काम पाउन चाहने हो भने प्रत्येक सोमबार पानीमा मह, सुगन्ध र बेलपत्र मिसाएर भगवान् शिवको अभिषेक गर्नुपर्छ । यसले करियर र व्यवसायमा इच्छित सफलता दिन्छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार १०:४६