सूचनाको शक्ति - The Power Of Information

        

मदन पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक

मदन पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन् ।

३१३ मध्ये छनोट भएका उत्कृष्ट पाँच पुस्तक मदन पुरस्कार गुठीले सार्वजनिक गरेको हो ।

छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय बिष्टको माटाको घर रहेका छन् ।

यिनै पाँच पुस्तकको सूचीबाट सर्वोच्कृष्ट एक पुस्तकलाई २०७९ का लागि मदन पुरस्कार अर्पण गरिनेछ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार ०८:२९