सूचनाको शक्ति - The Power Of Information

        

एमालेको अवरोधकाबीच प्रतिनिधिसभा बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरुद्ध गर्दै आएको प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो पनि डाकिएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि डाकिएको बैठक बस्ने नबस्ने भने प्रतिपक्षी एमालेको हातमा छ ।

सुन तस्करी प्रकरणको छानविनका लागि उच्च स्तरीय समिति बनाउनु पर्ने माग गर्दै एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

मंगलबार बसेको बैठकमा एमालेले सय किलो सुन तस्करीको अनुसन्धानबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिनुभएको बयानप्रति असन्तुष्टि जनाउँदै अवरोध गरेको थियो ।

मंगलबार प्रतिनिधिसभामा गृहमन्त्री श्रेष्ठले दिएको जवाफमा चित्त नबुझेको भन्दै एमालेले मंगलबार पनि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचिमा प्रवेश गर्न दिएन ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार ०८:००