सूचनाको शक्ति - The Power Of Information

        

सरकारले १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई दियो स्वीकृति

सरकारले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न (धातुबाट सिक्का बनाउन) नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

शर्माका अनुसार बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै, बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार १८:२४