सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा नापतौल यन्त्र तथा नवीकरण शिविर सञ्चालन

नापतौल यन्त्र दर्ता तथा नवीकरण सम्बन्धी शिविर सोमबारदेखि कोहलपुरमा शुरु भएको छ ।

कोहलपुर उद्योग वाणिज्य संघ कोहलपुरको आयोजना र गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्जको समन्वयमा उक्त शिविरको शुरु भएको हो ।

शिविर साउन २८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । कोहलपुरमा हाल दुई हजार पाँच सय जना व्यवसायी छन् ।

व्यवसायीहरूले गुणस्तर नापतोलको दर्ता तथा नवीकरण गर्न नेपालगञ्ज जानु पर्ने बाध्यतालाई मध्यनजर गरी नापतोल तथा क्षेत्रीय गुणस्तर कार्यालयसँग समन्वय गरी शिविर सञ्चालन गरिएको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पोडेलले जानकारी दिए ।

यो शिविरले यहाँका व्यवसायीलाई सहयोग पुर्याउने उनको भनाई रहेको छ । “यसमा यहाँका व्यवसायीको उल्लेख्य सहभागिता हुने अपेक्षा छ ।’ व्यवसायीहरूको हकहितका लागि उद्योग वाणिज्य संघ सधैभरि लागि पर्ने अध्यक्ष पोडेलले बताए ।

नापतौल यन्त्र दर्ताका लागि पटकपटक नेपालगञ्ज धाउन पर्ने बाध्यतालाई मध्यनजर गरी यो शिविरले सहज हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार १८:०४