सूचनाको शक्ति - The Power Of Information

        

रोल्पा बस दुर्घटनामा चार जनाको मृत्यु, १५ घाइते

रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थीत रिचीमा दुर्घटनामा परेको बस ।

रोल्पामा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । शहीद मार्गअन्तर्गत परिवर्तन गाउँपालिकाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका वडा नं.७ गैरीगाउँस्थीत रिचीमा दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुने तीन जना पुरुष र एक जना महिला छन् । उनीहरुको पहिचान नखुलेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेको अझै पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्याम सारु मगरले जानकारी दिएका छन् ।

उनले भने, ‘दुर्घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ । १४ जना घाइते भएका छन् भने एक जना बालक भेटिएका छैनन् ।’ रोल्पाको बाघमाराबाट हिँडेको बस पानी परेर चिप्लो भएका कारण दुर्घटनामा परेको अनुमान प्रहरीको रहेको छ । बस सहिदमार्गअन्तर्गत रिचीको घुम्तीबाट करिब १०० मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा घाइतेको उद्धारपछि रोल्पाको रेउघास्थित जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार १६:०४