अमेरिकाको क्यालिफोर्निया राज्य लुटेराको राज्यमा लुटेराहरूको दबदबा छ । यस्तै लुटेराबाट आजित एक पसलेले सामान्य लट्ठीको सहायताले हतियारधारी लुटेरालाई तह लगाएका छन् ।
तर, स्थानीय पुलिसले समेत कुनै कारबाही गर्न नसकेर त्यतिकै छाडेका त्यस्ता लुटेरालाई सबक सिकाउने उनिया व्यापारी अहिले प्रहरीको फन्दामा परेका छन् । पूर्णरुपमा कानुनको पालना गर्दै आफ्नो व्यापार सम्हालेका ती व्यापारीले सो लुटेराको पहिलो दुई पटकको लुटलाई वास्ता गरेनन् ।
तर, जब तेस्रो पटक पनि आएर उसले हतियार देखाउँदै मनपरी ढङ्गले सामान उठाउने गर्यो तब भने ती व्यापारीले उसलाई लट्ठीले हानेर ढाले अनि पुलिसको जिम्मा लगाए । स्थानीय सञ्चारमाध्यमका अनुसार पुलिसले भने उनलाई नै उल्टै पसलमा आएको मान्छेलाई कुटपिट गरेको आरोपमा दुख दिइरहेको छ ।
यो घटना उत्तरी क्यालिफोर्नियाको स्टकटनको सेवन–इलेभेनमा क्लर्कमा भएको हो । घटना देखिएको भिडियोमा सो लुटेराले एक व्यक्तिलाई बन्दुक ताक्ने र सामान लैजाने धम्की दिइरहेको देखिन्छ । सो लुटेरा त्यो साँझ तीन पटक पसलमा गएको थियो । प्रत्येक पटक पसलेलाई धम्की दिएर उनीहरूलाई लुट्ने गर्दै आएको थियो ।
सत्यपाटी संवाददाता । काठमाडौं