सूचनाको शक्ति - The Power Of Information

        

मनसुन शुरु भएपछि आज अहिलेसम्मकै धेरै वर्षा!

यो वर्ष मनसुन शुरु भएसँगै मंगलबार अहिलेसम्मकै धेरै वर्षा भएको छ। दुई दिन देशैभर भारीदेखि अति भारी वर्षा हुने मौसमविद् गोविन्द झाले बताए।

मौसमविद् झाका अनुसार आज र भोली देशैभर भारीदेखि अति भारी वर्षा हुनेछ भने पर्सीदेखि केही साम्य हुनेछ । पर्सि पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा कायमै रहनेछ भने अन्य प्रदेशमा भने केही कम हुने मौममविद् झाले बताए।

पछिल्लो १२ घण्टामा धनुषामा सबैभन्दा धेरै २५९ मिलिमिटर वर्षा भएको छ। यस्तै सिन्धुलीमा २४५, बारामा २३०, बाँकेको कुसुममा २०३ र काठमाडौंमा ७५.६ मिलिमिटर वर्षा भएको छ। वर्षा भएसँगै मधेश प्रदेशका किसानलाई भने राहत मिलेको छ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार ०९:३९