सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीको सरुवा मापदण्ड फेरि संशोधन हुँदै

नेपाल प्रहरीमा सरुवा मापदण्ड संशोधन हुने भएको छ । प्रहरी प्रधान कार्यालयले नयाँ मादपण्ड बनाएर स्वीकृतीका लागि गृह मन्त्रालय पठाएको छ ।

रवि लामिछाने गृहमन्त्री हुँदा मापदण्ड बनाएर कार्यान्वयन गरिएको थियो । त्यो मापदण्ड अनुसार सरुवा गर्न अहिले समस्या भएपछि संशोधन गर्न लागिएको छ ।

प्रहरीमा पटक पटक सरुवा मापदण्ड फेरिदै आएको छ । मापदण्ड फेरिनै लाग्दा प्रहरीमा विभिन्न पदमा सरुवा रोकिएका छन् ।

नयाँ मापदण्ड बनाएर एसपी, डिएसपी र इन्सपेक्टरको सरुवा गर्न लागिएको गृह मन्त्रालय स्रोत बताउँछ । इन्सपेक्टर भन्दा तल्लो तहको पनि सरुवामा पनि मापदण्ड लागू गर्न खोजिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार ०७:५०