सूचनाको शक्ति - The Power Of Information

        

`जय हो´ को ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ ।

भाद्र ८ गतेलाई रिलिज मिति तय गरिएको फिल्म ट्रेलर आज रिलिज गरिएको हो ।  ट्रेलरमा फिल्मका कलाकारहरू माओत्से गुरुङ, अर्पण थापा, निशा अधिकारी, केकी अधिकारी र सलोन बस्नेतलाई देखाइएको छ ।

सलोन-सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक टेक पौखरी राई हुन् ।फिल्ममा सुरेश न्यौपानेको पटकथा लेखन, सौरभ लामाको डीओपी, शम्भुजित बाँस्कोटा र सागर आलेको संगीत, बनिश शाहको सम्पादन, सम्राट् बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स छ ।

फिल्मको निर्मातामा अष्ट्रेलियाका व्यवसायी राज के अधिकारी र सुरज सरकार रहेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १८:११