सूचनाको शक्ति - The Power Of Information

        

शीर्ष नेताहरुको बैठक मंगलबार फेरि बस्ने

प्रमुख तीन  दलका शीर्ष नेताहरुको सदनको अवरोध खुलाउने विषयमा सोमबार बसेका दुई वटा बैठक निष्कर्षमा पुग्न सकेन । मंगलबार फेरि अर्को बैठक बोलाइएको छ ।

सभामुख देवराज घिमिरेका अनुसार मंगलबार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बस्ने गरी शीर्ष नेताहरुको बैठक बस्ने तय भएको छ ।

सभामुख घिमिरेले भनेका छन्, ‘आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ ।’ शीर्ष नेताहरुका बीचमा सहमति नजुटेपछि सोमबार दिउँसो १ बजेका लागि बोलाइको प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजे सम्मतका लागि सूचना टाँसेर स्थगित गरिएको थियो ।

शीर्ष नेताहरु सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मध्यान्ह १२ बजे र दिउँसो साढे ३ बजे नयाँ बाेनेश्वरस्थित संसद भवनमै छलफलमा बसेका थिए । कुनै सहमति नभएपछि प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसा ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १८:०४