सूचनाको शक्ति - The Power Of Information

        

डेंगुबाट हालसम्म ७ जनाको मृत्यु, ७ हजार बढी संक्रमित

 नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवाविभागले जनाएको छ ।

स्वास्थ्य सेवाविभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासीनीलेहालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिनुभयो ।

सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै डा. मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमितसंख्या रहेको बताउनुभयो । उहाँले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताउनुभयो ।

डा.मरासीनिले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेलापनिडेंगु सर्न सक्ने बताउनुभयो । हालसम्म ७ जनाको मृत्यु भएको पनि डा. मरासिनीलेजानकारी दिनुभयो ।

स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा निःशुल्क हुने गरेको बताउनुभयो । डा.पोखरेलले डेंगु रोकथाम र नियन्त्रणकालागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.बिमल शर्मा चालीसेले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले डेंगुबाट बच्न लार्भा खोजर नष्ठ गर अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

लामखुट्टे बस्ने बासस्थान खोज्ने र त्यसको नष्ट गर्नुपर्ने बताउनुभयो । नेपालमा डेंगुको पहिलो पटक २०६१ सालमा देखिएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १७:५९