सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको जानकीमा पनि लम्पी स्कीन देखियो, किसान चिन्तित्

 देशका विभिन्न जिल्लामा फैलिएको लम्पी स्कीनको संक्रमण बाँकेको जानकीमा  देखिएपछि किसान चिन्तित बनेका छन् ।

जसका कारण किसानहरुले लाखौँ क्षती व्यहोर्नुपरेको छ । लम्पी स्कीन रोगका कारण किसानहरुका वस्तुभाउ मरेका छन् भने दुध उत्पादनमा समेत कमी हुदाँ किसानहरु मारमा परेका छन् ।

विभिन्न बैँक तथा सहकारीबाट सबैभन्दा वढी कर्जा लिएर पशुपालन गरिरहेका स्थानीय किसान जानकी गाउँपालिका ५ बाँकेका तिरथराम यादव र राम वहादुर गडरियाले दुध उत्पादनमा कमी आउँदा आफूहरु समस्यामा परेको बताउँछन् ।

देशव्यापीरुपमा फैलिएको लम्पी स्कीन रोग नियन्त्रणका लागि जानकी गाउँपालिकाले किसानहरुको घरघरमा पुगेर समेत औषधी उपचार गर्दै आएको पशु सेवा शाखा प्रमुख दिलबहादुर खड्का बताए । उनले देशव्यापी रुपमा फैलिएको लम्पी स्कीन रोगले गर्दा किसानहरु प्रत्यक्ष मारमा परेको समेत बताए ।

साथै खड्काले जनावरमा लागेको जुनसुकै रोग लागेको भएतापनि दुध काँचै नपिउन र सकेसम्म दुध उमालेर मात्र पिउनाले कुनै मानवीय स्वास्थ्यमा नराम्रो असर नपर्ने बताए ।

वस्तुभाउमा लम्पी स्कीन रोग फैलिएपछि जिल्ला पशुसेवा कार्यालयबाट केही औषधी पठाएको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए । जिल्ला पशु सेवा कार्यालयबाट पठाएको औषधीले मात्र नपुग्ने भएकोले पालिकाको तर्फबाट पनि गर्ने र कार्यपालिकाको तर्फबाट बैठक बसेर किसानहरुलाई परेको पिडामा क्षतीपुर्तीको व्यवस्था मिलाउने समेत अध्यक्ष खाँले बताए ।

साथै रोग नियन्त्रणका लागि घरघरमा पुगेर नि:शुल्क सेवा प्रदान गर्न पालिकाको पशु सेवा शाखाबाट डाक्टरलाई आफूले निर्देशन समेत दिइसकेको अध्यक्ष खाँले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १७:४९