सूचनाको शक्ति - The Power Of Information

        

जन्मसँगै भूकम्पले पुरिएकी बच्ची !

संसारमा केही आश्चर्यजनक घटना पनि हुने गरेका छन् । सिरियामा भूकम्पले भत्किएको घरमा जन्मिएकी एउटी बच्चीको जीवितै उद्धार भयो । बच्चाको ढाड आमासँगै जोडिएको थियो । बच्चालाई जन्म दिने बित्तिकै आमाको निधन भएको रहेछ । भूकम्पले भत्किएको घरबाट बच्चा बाहिर निकालिएको दृश्य अहिले भाइरल भएको छ ।

दृश्यको सर्वत्र चर्चा छ । ती बच्चा ६ अगस्टका दिन ६ महिनाकी भइन । उनी तन्दुरुस्त र खुसी छन् । सिरियाको सहरमा उनका काकी र काकाले अन्य सात सन्तानको साथमा उनलाई हुर्काइरहेका छन् । सर्वत्र वासस्थान रहेको जीयान्दारिसको त्यो सहर टर्कीको सीमा नजिकै पर्छ ।

‘तिनी धेरै बुझ्ने भएकी छिन् । मलाई आफ्नै बाबुको रूपमा तथा नवारालाई दिदीको रूपमा बुझेर हाँस्ने गर्छिन्,’ काका खालील अल सवादीले भने । उनका बाबु भने भूकम्पको समयमा बितिसकेका छन् । खालीफा अहिले भतिजीलाई छोरीको रूपमा स्वीकार गर्दै रमाउन थालीसकेका छन् ।

६ फेब्रअरीका दिन गएको भूकम्पका कारण टर्कीको दक्षिण पूर्वी तथा सिरियाको उत्तरी क्षेत्रमा धेरैको ज्यान गएको थियो । सोही क्रममा ४४ हजारको ज्यानसमेत गएको थियो । काममा गएकी अफ्राकी आमाले त्यही बच्चा जन्माएकी थिइन् । उद्धारकर्ताले फेला पार्दा उनको ज्यान गइसकेको थियो ।उनको आफ्नै परिवारमा भने अफ्रा एक जना मात्र जीवित छिन् ।

उनकी आमासँगै बाबु राइडाना र चार दाजुभाइ दिदी बहिनीको ज्यान गइसकेको छ । ‘मैले अब राइदानको घर भत्किएको देखेको थिए,’ खालीलले भने, ‘मेरो श्रीमती मेरो भाइ भनेर कराइ रहेकी थिइन् ।’ खालिलले अफ्रालई जबरजस्ती भग्नावशेष भएको स्थानबाट झिकेको अझै याद छ । ‘कसैले मलाई त्यहाँ महिलाको शरीर भएको बताएको थियो’ खालीलले भने ।

खालील त्यहाँ पुगेर खन्न थालेका थिए । त्यहाँ बच्चा अफ्रा आमासँग नै जोडिएकी थिइन । त्यस परिवारको जीवित संस्मरण उनी मात्रै हुन् । त्यो नाटकीय भिडियो सामाजिक सञ्जालमा छरपस्ट भयो र भाइरल पनि भयो । त्यो बच्चालाई अस्पताल लगियो र आया नाम दिइयो । अरबी भाषाको आयाको अर्थ चमत्कार हुन्छ ।

त्यस समयमा चिकित्सकले बच्चाको श्वासप्रश्वासमा समस्या रहेको जनाएका थिए । ६ महिनापछि बच्चाको स्वास्थ्यमा कुनै समस्या छैन । ‘भूकम्पपछि नै उनको छातीमा समस्या रहेको थियो । तर, अहिले एकदमै ठिक छ,’ खालीलले भने । अहिले ठिक भए पनि गएका ६ महिना अत्यन्त कठिन थिए । अफ्रा अस्पतालमा थिए ।

संसारभरका हजारौँ जना उनलाई हेर्न आएका थिए । त्यसपछि खालीफा र उनकी श्रीमतीले अफ्रालाई नै साथ लिन चाहेका थिए । अफ्राको डिएनए परीक्षण गरेर मात्र काका काकीलाई हस्तान्तरण गरिने भयो । डिएनए नतिजा आउनु अघिसम्म अस्पतालबाट नै अपहरण हुने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताइरहेको थियो ।

उनीहरूले अस्पतालमा रहेर नै बढी सावधानी अपनाएका थिए । ती बच्चालाई सुरक्षा दिने क्रममा प्रहरी र सेनाले नै साथ दिएका थिए । ती सबैले अफ्रा रहेको भन्दा पल्लो कोठामा रहेर रातभर हेरिरहे । डिएनए नतिजाले उनीहरू बीचमा रगतको साइनो भएको पुष्टि भएको थियो । त्यसपछि नै अफ्राको डिस्चार्ज भएको हो ।

त्यसपछि खालील र उनकी श्रीमतीले बच्चाको नाम अफ्रा राखे । ‘उनी अहिले मेरै बच्चा हुन, म उनी भन्दा एक छिन पनि टाढा रहन सक्दिन’ खालीलले भने । उनीहरूको घर भने यसरी भत्किएको थियो कि उनीहरू त्यहाँ बस्ने अवस्था नै थिएन । खालीले घर गाडी दुवै गुमाएको बताए । उनीहरू जीवन नै कठिन भएको टेन्टमा बसोबास गर्न पुगेका थिए ।

त्यस परिवारले आफू बसोबास गर्ने घर पनि पायो । तर, भाडा एकदमै महंगो भएका कारण उनीहरू लामो समय त्यहाँ रहन सकेनन् । धेरै जनाले उनीहरूलाई संयुक्त अरब इमिरेट्स या बेलायतमा बसोबास गर्नका लागि सल्लाह दिए । तथापि उनीहरूको कुरा कसैले पनि चासो दिएनन् ।

जन्दारीयामा अझ धेरै जना अत्यन्त खराब अवस्थामा बसिरहेको उनीहरू बताउँछन् । धेरै जना घरबारबिहीन भएका छन् । ६ महिनासम्म उनीहरूको कुनै अत्तोपत्तो थिएन । उत्तर पश्चिम सिरियामा चार हजार ५०० जना मारिए भने ५० हजार विस्थापित भएको संयुक्त राष्ट्र सङ्घको रिपोर्टमा छ ।

१२ वर्षे युद्धका कारण क्षतविक्षत भएको देश सिरियामा ४० लाख मानिसले अझै कठिन जीवन बिताइरहेका छन् । उनलाई आफ्नो बनाउन संसारभरका मानिस कत्तिसम्म दत्तचित्त भएका थिए । एक कुबेती टिभी एंकरले त कार्यक्रममै ती बच्चालाई स्वीकार गर्न सकिने बताएका थिए । अस्पतालमा व्यवस्थापक खालीद अतेहाले ती बच्चीलाई स्वीकार गर्न दर्जनौँ कल आएको बताएका थिए ।

डा.आतेहको बच्ची पनि उनी भन्दा चार महिना मात्र जेठी हुन् । त्यसकारण ची चिकित्सकले पनि अन्य कसैको अनुमति नलिई बच्ची कसैलाई पनि नदिने बताएका हुन् । भूकम्पपछि प्राय सहर ध्वस्त भइरहँदा सरकार नतमस्तक भएको थियो । विद्रोही कब्जामा धेरै स्थान रहेका कारण अझ थुप्रै समस्या छन् ।

केही दिनअघि मात्र राष्ट्र संघले विरोधीको कब्जामा रहेको स्थानमा खाद्यान्न सहयोग गर्ने जनाएको थियो । त्यहाँ ४१ जना खाद्यान्नकै लागि पनि दातृ राष्ट्रको सहयोगको भरमा परेका छन् । पछिल्लो समय मानवीय सहयोग गर्ने सवालमा राष्ट्र संघका निकाय र सुरक्षा परिषद् सचेत छन् । तथापि युद्ध विरामका लागि सबै प्रयास यथावतै नै रहेको छ ।

सन् २०११ मा गृह युद्धको सुरुवात हुँदा राष्ट्रपति बसार अल असादले विपक्षी समूहलाई विद्रोहीको संज्ञा दिएका थिए । यी यावत समस्याका माझ भूकम्पका कारण सिरियामा समस्या छ । आफ्ना सन्तान र भतिजी हुर्काउने खालीलको जिम्मेवारी पक्कै पनि महत्त्वपूर्ण छ । तथापि ती बच्चीलाई भविष्यमा राम्रो र सुन्दर घर दिने उनको चाहना पक्कै पुरा हुनेछ ।

स्रोत : बीबीसी
प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार ११:०५