सूचनाको शक्ति - The Power Of Information

        

पेस्तोल हराएपछि प्रहरीका सइ निलम्बित

सर्वाेच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको सुरक्षामा खटिएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) प्रभाकर खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

सिन्धुलीका मेघबहादुर तामाङ र सिन्धुपाल्चोकका बासुदेव थामीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित सई खड्काको घरबाट गत ३१ असारमा पेस्तोल चोरी भएको थियो ।

सो पेस्तोल नारायणटार बस्ने तामाङको कोठाबाट बरामद भएको जिल्ला परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए । सो घटनामा सई खड्कालाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरी आन्तरिक छानबिन गरिरहेको छ । झ्यालबाट तानेर सो पेस्तोल चोरी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार ०६:३४