सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जदेखि छिन्चु जाँदै गरेको कारबाट अबैध सामान बरामद

 सुर्खेतको भेरीगंगा नगरपालिका–१० तोलिखोलाबाट आईतबार अबैध समान बरामद गरिएको छ ।

ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएका ४ जनाको प्रहरी टोलिले कुर्ता सुरुवाल २ सय ४७ पिस, धोती ३६ पिस, तन्ना ८ पिस, थानको लुङ्गी ५ रोल बरामद गरेको हो ।

नेपालगञ्जदेखि छिन्चु तर्फ जाँदै गरेको बा १६ च २१२० नम्बरको कारलाई जाँच गर्दा कुनै पनि बिल नभएको सामान फेला परेको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।

बरामद गरिएको कपडाहरु ईलाका प्रहरीको नियन्त्रणमा राखिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतवार १७:३८