सूचनाको शक्ति - The Power Of Information

        

सुन प्रतितोला ३०० रुपैयाँमा कारोबार

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबार सुनको भाउ प्रतितोलामा ३ सय रुपैयाँले बढेको हो ।

यो सँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ४२५ रुपैयाँ नै कायम भएको छ । गत शुक्रबार पनि भाउ स्थिर रहँदै चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतवार १२:४१