सूचनाको शक्ति - The Power Of Information

        

वर्षा र पहिरोले चारवटा सडक अरुद्ध, २५ वटा सडकमा एकतर्फी अवरोध

वर्षा र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा सडक अवरुद्ध भएका छन् । सडक विभाग कार्यालयका अनुसार हाल देशभर चारवटा सडक अवरुद्ध भएका छन् ।

चतरा–मुलघाट माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) सडक अवरुद्ध भएको छ । यो सडकखण्डको पाँचथरमा सडक अवरुद्ध भएको विभागले जनाएको छ ।

भालुवाङ–लिवाङ–रोल्पा–माडीचौर–दारबोट सडकखण्ड पनि अवरुद्ध भएको छ । विभागका अनुसार यो सडकखण्ड प्यूठानको गर्जेनीमा अवरुद्ध भएको छ ।

दिक्तेल–सोलु–जुनवेसीं–खहरे–जिरी बजार–तामाकोसी–चरीकोट–खाडीचौर सडकखण्ड अवरुद्ध भएको छ । यसको खावा दोलखा क्षेत्रको सडकमा अवरोध भएको विभागको भनाइ छ ।

तानसेन–रिडी–कोरला सडक खण्डको म्याग्दीमा पनि सडक अवरुद्ध भएको छ ।  २५ वटा सडक भने एकतर्फी बन्द भएका छन् । बाढी र पहिरोका कारण २५ वटा सडकमा एकतर्फी मात्रै सवारी सञ्चालनमा रहेका छन् ।

वैशाखदेखि हालसम्म १५२ सडकमा अवरोध सिर्जना भइसकेको छ । सोही अवधीमा अवरुद्ध भएर पुनः सञ्चलनमा आउने सडकको संख्या १२३ रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतवार ०९:५०