सूचनाको शक्ति - The Power Of Information

        

घुस लिएपछि दुई प्रहरी निलम्बनमा

राजमार्गमा चेक जाँचको नाममा जिप चालकसित घूसको रकम लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् । चालकसँग अवैध रकम लिएको पुष्टी भएपछि दुई जना प्रहरी जवानलाई तत्कालै निलम्बन गरिएको हो ।

महेन्द्र राजमार्गमा डयुटीमा रहेको बेला जनपथ प्रहरी र ट्राफिक प्रहरीका जवानले घुस लिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा रौतहट र सर्लाहीका दुई प्रहरीलाई शुक्रबार साँझ निलम्बन गरिएको जनाइएको छ ।

निलम्बन हुनेमा रौतहटको इलाका प्रहरी कार्यालय गरुडा अन्तर्गत प्रहरी चौकी हर्षाहामा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव र मधेश प्रदेश राजमार्ग ट्राफिक कार्यालय पथलैया बारा अन्तर्गत सर्लाहीस्थित वाग्मती पोष्टमा कार्यरत ट्राफिक प्रहरी जवान विकाश कलवार रहेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतवार ०९:१२