सूचनाको शक्ति - The Power Of Information

        

उत्तराखण्ड पहिरो : बेपत्ता भएका जुम्ला पातारासीका ११ जना जनाकाे परिचय खुल्याे

भारतकाे उत्तराखण्डकाे गाैरीकुण्डमा गएकाे पहिराेमा परि बेपत्ता भएका जुम्लाका ११ जनाकाे परिचय खुलेकाे छ । एकै घरका सात जनासहित गाैरीकुण्डमा गएकाे पहिराेमा परि बेपत्ता भएका जुम्ला पातारासीका ११ जनाकाे परिचय खुलेकाे हाे ।

बेपत्ता हुनेमा पातारासी-२ पेरे गाउँका ५५ वर्षीय धर्मराज बुढा, २४ वर्षीय चन्ने कामी, ३० वर्षीय अमर बाेहाेरा, उहाँकी श्रीमती अनिता बाेहाेरा, ११ वर्षीया छोरी सलिता बाेहाेरा, ९ वर्षीया छोरी पिंकी बाेहाेरा, ७ वर्षीया छोरी प्रिति बाेहोरा,  ४ वर्षीय छोरा जटिल बाेहाेरा, दुई वर्षीय छोरा ओकिल बाेहाेरा, पातारासी-३ का ३८ वर्षीय बम बाेहाेरा र ४६ वर्षीय सुकराम रावत रहेका छन् ।

पहिराेमा बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको हिजाे शनिवार पहिचान खुलेको थियाे । बिहीवार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा नेपालीसहित १९ जना बेपत्ता भएका थिए । बेपत्ताहरुकाे खोजी भइरहेकाे छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतवार ०९:१२