सूचनाको शक्ति - The Power Of Information

        

युक्रेनको रक्तसञ्चार केन्द्रमा रुसको आक्रमण

रुसले युक्रेनको रक्त सन्चार केन्द्रमा आक्रमण गरेको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले शनिबार राति खार्किब क्षेत्रमा रहेको रक्तसञ्चार केन्द्रमा रुसले बम आक्रमण गरेको जानकारी दिएका हुन् ।

उनले सार्वजनिक गरेको फोटोमा आक्रमणपछि रक्त सन्चार केन्द्रमा आगो लागेको देखिन्छ । उनले आक्रमणमा परी केही व्यक्तिको मृत्यु र केही घाइते भएको पनि उल्लेख गरेका छन् । तर उनले संख्या भने खुलाएका छैनन् ।

रुसले हाल पूर्वी सीमा क्षेत्रमा सैनिकहरुलाई केन्द्रित गरेर आक्रमण गर्दै आएको छ ।

यसैगरी युक्रेनले शनिबार नै रुसको तेल बोकेको एक पानी जहाजमा आक्रमण गरेको छ । ब्ल्याक सीमा रहेको पानी जहाजमा युक्रेनले ड्रोनमार्फत् आक्रमण गरेको रुसी अधिकारीहरुले बताएका छन् ।

सीएनएनका अनुसारका सो पानी जहाजमा ११ जना थिए । उनीहरु सकुशल छन् । तर पानी जहाजको इन्जिनमा क्षति पुगेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतवार ०९:०१