सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

 प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

शनिबार दिउँसो भएको वार्तामा गत महिना भएको प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा भएका सहमतिहरुको कार्यान्वयनलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

टेलिफोन संवादमा सहमतिहरुको कार्यान्वयनमा भएको प्रगतिको समीक्षा भएको बताइएको छ । भारतीय प्रधानमन्त्री मोदीले उत्तराखण्डमा गत शुक्रबार गएको पहिरोमा परी नेपालीहरुको मृत्यु भएकोप्रति दुख ब्यक्त गर्नुभएको छ ।

साथै उहाँले उनीहरुको खोजीमा कुनै कसर बाँकी नराख्ने समेत बताउनुभएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतवार ०८:०८