सूचनाको शक्ति - The Power Of Information

        

पेट्रोलियम पदार्थबाट चल्ने गाडी ७६ प्रतिशतले कमी

पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयातमा ठूलो परिमाणमा कमी आएको छ । गत आर्थिक वर्ष २०७९–०८० मा नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा ७६ प्रतिशतले कमी आएको हो ।

सरकारले आयातमा गरेको कडाइ, तरलता अभाव, आर्थिक मन्दी र विद्युतीय गाडीमा भएको आकर्षणका कारण पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयातमा ७६ दशमलव १४ प्रतिशतले कमी आएको हो ।

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८–०७९ मा नेपालले १५ अर्ब ९७ करोड रुपैयाँ तिरेर १५ हजार ६१० वटा पेट्रोलियम पदार्थबाट गाडी आयात गरेकोमा गएको आर्थिक वर्ष २०७९–०८० मा भने तीन हजार ७२५ वटा गाडी आयात भएको छ ।

अघिल्लो वर्ष पाँच अर्ब ५७ करोड रुपैयाँका मात्रै गाडी आएका छन् । तर विद्युतीय गाडीको आयात निकै बढेको छ । गत आर्थिक वर्षमा चार हजार ५० वटा विद्युतीय गाडी आयात भएका थिए । यी गाडीको मूल्य ११ अर्ब ८४ करोड रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार १७:५८