सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट फेरिए

 भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) फेरिएका छन् । साउन १७ गतेको मन्त्रीपरिषद बैठकले भेरी अस्पतालका मेसु हेरफेर गरेको हो ।

भेरी अस्पतालको मेसुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत डा. पवन जंग रायमाझीलाई खटाएको छ । उनी यसअघि परोकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका डाइरेक्टरको जिम्मेवारीमा रहेका थिए । एघारौं तहका डा. रायमाझी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यसअघि अस्पतालको प्रमुख मेसुको भूमिकामा एघारौं तहकै प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिष्ट डा. बद्री चापागाईं थिए ।

डा. चापागाईंले भेरी अस्पतालमा अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार १८:५०