साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि उम्मेदवारहरुको घोषणा गरेको छ ।
भदौ २ गते हुने निर्वाचनका लागि साझा प्रजातान्त्रिक समूहले ललित रौनियारको नेतृत्वमा उम्मेदवारहरुको घोषणा गरेको हो । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको सचिवालय संयोजक एवम् नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व महासचिव विष्णुप्रसाद लामिछानेले उम्मेदवारहरुको घोषणा गरेका हुन्।
प्रजातान्त्रिक समूहबाट उद्योग उपाध्यक्षमा मो. सफिक बेहना, बाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ र महिला उपाध्यक्षमा करिश्मा योगी तथा महासचिवमा टंकप्रसाद शर्मा उम्मेदवार बन्नेछन्। यस्तै सहसचिव टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामीको उम्मेदवारी घोषणा भएको छ ।
सदस्यहरुमा शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, कैफुल वरा जोलाहा, प्रमोदकुमार अग्रवाल, युवराज ढकाल, सुनिल भण्डारी, पदम श्रेष्ठ, अतुलकुमार गुप्ता र बलबहादुर विष्ट (बबी) तथा एशोसिएट सदस्यमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल उम्मेदवार बन्नेछन् ।
उम्मेदवारी घोषणा कार्यक्रम प्रजातान्त्रिक उद्योगी व्यवसाय संघ बाँकेका अध्यक्ष संजयकुमार थापाको अध्यक्षता एवम् नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सत्यपाटी संवाददाता । बाँके