सूचनाको शक्ति - The Power Of Information

        

मनाङमा भुइँ बारुला खाँदा छ जना बिरामी

 मनाङमा भुइँ बारुला (सिङ्गुस) खाँदा छ जना बिरामी परेका छन् । मङ्गलवार दिउँसो चामे गाउँपालिका–३ कोतोमा काम गर्ने छ जना मजदुर सिङ्गुस पोलेर खाँदा बिरामी परेका हुन्।

बिरामी पर्नेमा गोरखाका सेते तामाङ, पहलमान थापा, उदयपुरकी लीला तामाङ, गोरखाका दलबहादुर आले, गुन्जमान थापा, धादिङका प्रेमबहादुर घले, गोरखाका वनबहादुर आले रहेका जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीका अनुसार उनीहरुकाे लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ‘सिङ्गुस खाएर मङ्गलवार रातिदेखि मुटु, छाती र जिउ पोल्न थालेपछि उनीहरूलाई थप उपचारका लागि लमजुङ अस्पताल पठाइएको छ’, प्रनाउ भण्डारीले भन्नुभयो ।

 सिङ्गुस खाएर ३५ देखि ४८ उमेर समूहको रहेका उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार ०७:३४