सूचनाको शक्ति - The Power Of Information

        

आकाश र सलोनको ‘हिँड्दा हिँड्दै’को ट्रेलर रिलिज (भिडियो)

मिलन आले मगर निर्देशित फिल्म ‘हिँड्दा हिँड्दै’को ट्रेलर सार्वजनिक गरिएको छ ।

आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरमा अभिनेताद्वय आकाश श्रेष्ठ र सलोन बस्नेतबिचको मित्रतासँगै प्रेममा आउने उतार-चढावलाई देखाउन खोजिएको छ ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा तयार भएको फिल्ममा सुशील पंगेनीको लेखन तथा निर्माण रहेको छ ।फिल्मका निर्माता राज लामा हुन् भने प्रमोद कुमार तामाङ र महादेव शाह फिल्मका सह-निर्माता हुन्।

सुमन कुमार तण्डुकारको छायांकन, गौतमराज खड्काको सम्पादन, देव महर्जनको द्वन्द्व, तारा प्रकाश लिम्बू तथा किरण माइकल घिमिरेको संगीत फिल्ममा समावेश छ ।

फिल्ममा आकाश, सलोन र रेखासँगै सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ, बाल कलाकारमा अर्विन थिङ्गको पनि अभिनय हेर्न सकिन्छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार १६:२८