नेकपा माओवादी केन्द्रको आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जम्बो केन्द्रीय समितिसमक्ष प्रतिवेदन पेस गरेका छन् । प्रचण्डको सांगठनिक प्रतिवेदनमा नेकपा माओवादी केन्द्रका स्वेदश, विदेश गरेर साढे सात लाख कार्यकर्ता रहेको उल्लेख छ ।
अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गरेको सांगठनिक प्रतिवेदनमा ७ लाख ५२ हजार ९५६ माओवादी कार्यकर्ता रहेको बताइएको हो । सांगठनिक हिसाबले कमजोर बागमतीमा माओवादीका कार्यकर्ता सबैभन्दा धेरै रहेको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।
बागमतीमा १ लाख ४७ हजार ५५३, मधेसमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, कर्णालीमा ८५ हजार ७७४, सुदूरपश्चिममा ८० हजार ४८२, सम्पर्क समितिमा १९ हजार ३१२, उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना कार्यकर्ता रहेको प्रचण्डको सांगठनिक प्रतिवेदनमा दाबी गरिएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं