सूचनाको शक्ति - The Power Of Information

        

चिडियाखानाका बाघ मोटाएपछि ‘फास्टिङ्ग’मा !

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएका छ वटा बाघहरूलाई प्रत्येक शनिवार ‘फास्टिङ्ग’ अर्थात् उपवासमा राख्ने गरिएको अधिकारीहरूले बताएका छन् ।

प्राकृतिक वासस्थानमा जस्तो चिडियाखानामा उनीहरूले आहार तथा वासस्थानका लागि सङ्घर्ष गर्नु नपर्ने र त्यसका कारण मोटाएर अस्वस्थ हुनसक्ने भएकोले बाघहरूलाई उपवासमा राखिएको उनीहरूको भनाइ छ ।

महाराज, प्रताप, बगौरा र बाङ्गे नामका चार वटा भाले तथा महारानी र जगती नामका दुई पोथी बाघ चिडियाखानामा राखिएका छन् ।

शनिवारबाहेक अन्य दिन भाले बाघलाई छ देखि सात केजीका दरले राँगाको मासु खुवाउने गरिएकोमा हाल पाँच केजीका दरले खुवाउने गरिएको सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिए ।

अन्य देशहरूमा पनि मांसाहारी जनावरहरूलाई सातामा एक वा दुई दिनसम्म उपवासमा राख्ने गरिएको बताइन्छ । हेर्नुहोस् बीबीसीका लागि कमल परियारले बनाएको यो भिडियो ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार १२:००