सूचनाको शक्ति - The Power Of Information

        

रेडियोहरूले हटाए सुरेश अधिकारीका गीत माथिको प्रतिबन्ध

सङ्गीत रोयल्टी सङ्कलन समाजका अध्यक्ष तथा गायक/सङ्गीत​कार सुरेश अधिकारीका सिर्जनामाथि लगाएको प्रतिबन्ध रेडियोहरूले हटाएका छन् ।

मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै रेडियो ब्रोडकाष्टर्स फोरम नेपाल, ब्रोडकाष्टिङ एसोसियसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघले अधिकारीका सिर्जनामा लगाएकाे प्रतिबन्ध हटाइएको जानकारी दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत देशका एफएम रेडियोहरू र यसमा संलग्नहरूलाई मानमार्दन हुने अभिव्यक्ति दिएको भन्दै यी रेडियो प्रसारक संघहरूले साउन ४ गते अधिकारीका सिर्जनामा प्रतिबन्ध लगाएका थिए ।

अधिकारीले सामाजिक सञ्जालमार्फत माफी मागेपछि उनीविरुद्ध लगाएको प्रतिबन्ध हटाएका हुन्। रेडियोकर्मीहरूले संगीत रोयल्टी संकलन तथा वितरणलाई व्यवस्थित एवं पारदर्शी रुपमा अघि बढाउने कार्यमा सहकार्य गर्नसमेत अधिकारीलाई आह्वान गरेका छन् ।

”स्रष्टाहरूको बौद्धिक सम्पत्तिको सार्वजनिक प्रयोगार्थ संगीत रोयल्टीको संकलन तथा वितरण प्रणालीमा आवश्यक कानून निर्माण गरी सम्पूर्ण स्रष्टाको अधिकारको सम्मान गर्न तथा एफएम रेडियोहरूका नवीकरणमा भइरहेको अवरोध तत्काल हटाउन सरकारसँग माग गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार ०८:१४