टेलिभिजन रियालिटी शो ‘महागफाडी’को औपचारिक घोषणा गरिएको छ । पत्रकार सम्मेलन गर्दै शो को घोषणा गरिएको हो ।
ढाका टोपी फिल्मस्को व्यानरमा निर्माण हुने रियालिटी शोमा संसारभरका नेपाली भाषी तथा नेपाली नागरिकले भाग लिन पाउनेछन् । शोमा मातृभाषामा समेत अडिसन दिन मिल्ने सुविधा रहेको छ ।
साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने र प्रसारण असोज तेस्रो सातादेखि हुने जनाइएको छ ।जो अहिलेसम्म सही प्लेटफर्म नपाएर चुपचाप बसेका र बोलेर नै जीवनमा केही गर्छु भन्नेहरूका लागि महा गफाडी रियालिटी शो ल्याइएको निर्माण टिमले बताएका हुन् ।
शोको अडिसन डिजिटल प्लेटफर्ममा मात्रै गरिने भएको छ । फिजिकल अडिसनमा १८ जना मात्र सहभागी हुनेछन् । १६ हप्तासम्म चल्ने कार्यक्रमको फाइनल अष्ट्रेलियामा आयोजना गरिने छ ।
दर्शकको भोटिङका आधारमा विजेता छनोट गरिनेछ । जसको भोटिङ पार्टनरको रूपमा माई पे छ । यस शो विजेताले १५ लाख नगद पुरस्कार तथा सवारी साधन, फस्ट रनरअपलाई १० लाख नगद र सवारी साधन, सेकेण्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौथो र पाँचौँ हुनेलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
विजेताले १५ लाख नगद पुरस्कार तथा सवारी साधन, फस्ट रनरअपलाई १० लाख नगद र सवारी साधन, सेकेण्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौथो र पाँचौँ हुनेलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
aउक्त शोको निर्णायक मण्डलमा हाँस्यब्यंग्यकार शैलेन्द्र सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ रहनेछन् । कार्यक्रमको सञ्चालन कलाकार कामेश्वर चौरासियाले गर्नेछन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ