सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जदेखि सन्तानेश्वरसम्म क्रस राईड यात्रा हुने

नेपालगञ्ज इन्डुरो टोलीले यहीँ साउन २७ गते नेपालगञ्जदेखि सन्तानेश्वरसम्म क्रस राईड यात्रा गर्ने भएको छ ।

टिम डि–एडजको आयोजनामा शुरु हुने क्रस राइडको यात्रा डि एड्ज फिटनेस क्लव, जङ्गल हुँदै राप्ती पुल, सन्तानेश्वर, अगैंया, कोहलपुर हुँदै पुनः नेपालगञ्ज आइपुग्ने टिम डिएडजका सञ्चालक तथा आयोजक दिनेश थापाले बताएका छन् ।

थापाका अनुसार श्रावण २७ गते शनिबार बिहान ६ बजे डि एड्ज फिटनेस् क्लवदेखि यात्रा गर्ने र नेपालगञ्जका डर्ट मोटरसाइकल टिम एक भई बाँकेका धार्मिक तथा पर्यटकीय, कृषि क्षेत्रलाई पहिचान गराउने उद्देश्यले डर्ट मोटरसाइकल यात्रा गर्न लागिएको हो ।

पर्यटकीय यात्रामा जान या थप जानकारीका लागि ९८५१००८१९९ मा सम्पर्क गर्न सकिने टिम इन्डोरो नेपालगञ्जले बताएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार १६:२५