सूचनाको शक्ति - The Power Of Information

        

मेरो माइक्रोफाइनान्सद्वारा पाँच लाख बीमा रकम हस्तान्तरण

मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले संस्थाका सदस्य लक्ष्मीदेवी सुनारलाई बीमा रकम हस्तान्तरण गरेको छ ।

संस्थाबाट पाँच लाख रुपैयाँ लघुउद्यम कर्जा लिएका सदस्य लक्ष्मी सुनारको श्रीमान भक्तबहादुर सुनारको मृत्यु दावीवापत पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।

सदस्य–अभिभावक कर्जा बीमाअन्तर्गत उक्त बिमा रकम रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको दोधारा–चाँदनी, कञ्चनपुरका शाखा प्रबन्ध दिपेन्द्र बटालाले बताए ।

मेरो माइक्रोफानान्स लघुबित्त बित्तीय संस्था लिमिटेड अनुगमन कार्यालय कृष्णपुर, कञ्चनपुरका प्रमुख कृष्णप्रसाद उप्रेती र दोधारा–चाँदनी नगरपालिका–४ का वडाध्यक्ष भक्तबहादुर सुनारले लक्ष्मीदेवीलाई संयुक्त रुपमा बिमा रकम हस्तान्तरण गरेका थिए ।

सदस्य लक्ष्मीदेवी मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाको शाखा कार्यालय दोधारा–चाँदनी, कञ्चनपुरद्वारा प्रवद्धित लघुवित्त कार्यक्रममा आवद्ध रहेकी छिन् ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार १४:२२