सूचनाको शक्ति - The Power Of Information

        

भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आयो, ग्यासमा १०० रुपैयाँ घट्यो !

भारतबाट पेट्रोल तथा डिजेलको भाउ बढेर आएको छ । भारतीय आयल कर्पोरेसन आइओसीले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको छ ।

आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

आइओसीले पठाएको सूचीअनुसार नै नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुनेछ । आईओसीले हरेक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । सोअनुसार स्वचालित प्रणालीबाट निगमले मूल्य समायोजन गर्नेछ ।

ग्यासको मूल्य भने प्रतिसिलिण्डर करिब १०० रुपैयाँ घटेर आएको छ । नेपालमा पनि ग्यासको मूल्य घट्नेछ । केही दिनयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेकाले भारतबाट आउने प्रशोधित तेलको मूल्य समेत बढेको जनाइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार १३:५३