सुन तस्करी प्रकरणमा सत्तारुढ दलकै कतिपय सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको अनौठो दृश्य यतिबेला नेपालको राजनीतिमा देखिएको छ ।
नेपाली कांग्रेसका सांसद सुनिल शर्माले त अर्थमन्त्रीले राजीनामा नदिए कफन बाँधेर संसद् छिर्नेदेखि अनसन बस्नेसम्मको धम्की दिएका छन् ।
डा.महतले उनका व्यक्तिगत स्वार्थअनुसार निर्णय नगरिदिएपछि उनले यसरी धम्की दिएको बताइन्छ । तर, केही दिनयता शर्मा यो प्रकरणमा यूटर्न भएका छन् ।
किनकि उनका प्रियमा माओवादी नेता वर्षमान पुन सुन तस्करीमा मुछिएका छन् । शनिबार पक्राउ परेका चिनियाँ मुलका बेल्जियमका नागरिक दावा छिरिङसँग वर्षमानको दोस्ती देखिएको छ ।
जसकारण नेपाली कांग्रेसका सांसद सुनिल शर्माको स्वर यो विषयमा मत्थर हुँदै गएको छ । विगतमा मोरङमा लगेर वर्षमानलाई चुनाव लडाउने चर्चा शर्माको भूमिका थियो ।
स्रोतका अनुसार दुई जना व्यापारिक साझेदार समेत हुन् । वर्षमानको मोटो रकम शर्माले मेडिकल कलेजमा लगानी गरेका छन् । फरक पार्टीका भए पनि उनीहरुबीच घनिष्टता छ ।
उनै पुनमाथि सुन तस्करीमा छानबिनको माग हुन थालेपछि शर्माको मुख बन्द भएको छ । त्यसो त यो प्रकरणसँगै शर्माको शैक्षिक प्रमाणपत्र पनि छानबिनको माग उठेको छ ।
उनले एमबिबिएस पढ्न आइएको नक्कली सर्टिफिकेट बनाएको आरोप छ । उनले आइएस्सीमा कम नम्बर ल्याएपछि नक्कली सर्टिफिकेट बनाएर एमबिबिएस पढेको आरोप पनि लागेको छ ।
जून विषयमा सिआइबीले छानबिन गरेपनि दबाबकै कारण मुद्दा दायर रोकिएको थियो । यो प्रकरणले पनि कांग्रेस सांसद शर्मा पछिल्लो समय चुपचाप बसेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं