सूचनाको शक्ति - The Power Of Information

        

महिला विश्वकप फुटबलमा आज समुह ‘डि’ र ‘ई’ का चार खेल हुने

महिला विश्वकप फुटबलमा मंगलबार समुह ‘डि’ र ‘ई’ का चार खेल हुनेछन् ।

अष्ट्रेलियामा हुने समुह ‘डि’ का खेलहरुमा इंग्ल्याण्डले चिनसँग खेल्दा डेनमार्कको भिडन्त हाइटीसँग हुनेछ । यो समुहमा दुई खेलबाट इंग्ल्याण्डको ६ अंक छ भने डेनमार्क र चिनको ३–३ अंक छ ।

उता न्युजिल्याण्डमा हुने समुह ‘ई’ का खेलहरुमा अमेरिका र पोर्चुगल तथा नेदरल्याण्ड्स र भियतनाम भिड्नेछन् । यो समुहमा अमेरिका र नेदरल्याण्ड्सको ४–४ अंक छ भने पोर्चुगलको ३ अंक छ ।

महिला विश्वकप फुटबलका सोमबारको खेलहरुपछि अष्ट्रेलिया र नाइजेरिया नक आउट चरणमा प्रवेश गरेका छन् । अष्ट्रेलियाले क्यानाडालाई ४–० ले हराउँदा नाइजेरियाले आयरल्याण्डसँग १–१ गोलको बराबरी खेल्यो ।

अर्को समुहको खेलमा जापानले स्पेनलाई ४–० ले हराउँदा जाम्बियाले कोस्टा रिकामाथि ३–१ को जित निकाल्यो । यो समुहबाट जापान र स्पेन नकआउट चरणमा पुगिसकेका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार ०९:२०